काठमाडौं । बुधबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक हजार २०० रुपैयाँ घटेर कारोबार भएको हो । आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा करोबार भएको छ । चाँदी प्रतितोला ३० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको हो ।