५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनचाँदीको मूल्यमा गिरावट



काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, आज सुनको मूल्य तोलाको एक लाख ९६ हजार २०० रुपैयाँ कायम छ । बिहीबार ९साउन २९ गते० सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : ४८ बजे