१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

७४ जिल्लाका १६ हजार २७५ ठाउँमा पुग्यो इन्टरनेट



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ७४ जिल्लाका १६ भन्दा बढी ठाउँमा इन्टरनेट जडान गरिएको बताएको छ ।

इन्टरनेट जडानका लागि हालसम्म कोषको पाँच अर्ब ४३ करोड ७२ लाख ९३ हजार रुपैयाँ खर्च भएको छ ।

ब्रोडब्यान्ड इन्टरनेट जडान योजनाको २०८० पुस मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै प्राधिकरणले यस्तो बताएको हो ।

प्राधिकरणका अनुसार ७११ स्थानीय तहको कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान भएको छ ।

यस्तै, पाँच हजार ९५१ वडा कार्यालय, पाँच हजार ३४१ माध्यमिक विद्यालय र चार हजार २७२ स्वास्थ्य संस्थाहरूमा इन्टरनेट जडान गरिएको प्राधिकरणले जनाएको छ ।

यसरी कुल १६ हजार २७५ ठाउँमा ग्रामीण दूरसञ्चार विकास कोष ९आरटीडीएफ० प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट जडान भएको हो । यसका लागि प्राधिकरणले १८ वटा प्याकेजमार्फत योजना अघि बढाएको थियो ।

यस्तै, भूकम्पबाट अति प्रभावित आठ जिल्ला काभ्रेपलान्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगाका ७६ स्थानमा इन्टरनेट जडान गर्ने लक्ष्यमध्ये ७३ ठाउँमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  २ : १५ बजे