दार्चुला । पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । आइतबार रातिको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ को रनेबासमा पहिरो खसेको थियो ।
पहिरो पन्छाएपछि राजमार्ग बिहान ११ बजेदेखि सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
राजमार्ग खुलेपछि बन्द रहेको सवारी आवागमन सुचारु भएको छ । सवारीसाधन चल्न थालेपछि अलपत्र यात्रुहरू पनि गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ । रासस





