८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

विवादमा संस्कृतिमन्त्री



काठमाडौँ । धार्मिक अभिव्यक्तिलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विवादमा तानिएका छन् । उनको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै हिन्दुवादी पार्टी राप्रपाले मन्त्री पदबाट राजीनामा माग गरेको छ भने विभिन्न हिन्दुवादी संगसंगठनले पनि विरोध गरेका छन् । तर, स्वयम् किरातीले भने आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नरहेको दाबी गरिरहँदा सामाजिक सञ्जालमा समेत उनको अभिव्यक्तिलाई लिएर तीव्र बहस भइरहेको छ ।

बिहीबार काठमाडौँमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा किरातीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको थिए । साथै उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएका थिए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ११ : २८ बजे