१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

स्वास्थ्य सेवाका कर्मचारीलाई निजामती विधेयकमा समेट्नुपर्छ : सांसद भट्टराई



काठमाडौं । नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले स्वास्थ्य सेवाका कर्मचारीका माग समेत संघीय निजामती सेवा विधेयकमा समेट्नुपर्ने बताएका छन् । सोमबार (भदौ २०)बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले विधेयकमा साना तथा निजामती सेवाबाहिरका कर्मचारीलाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राखे । विधेयकले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने उद्देश्य बोकेको उनले उल्लेख गरे ।

दफावार छलफलमार्फत विधेयकलाई थप समृद्ध बनाउन जरुरी रहेकामा उनले जोड दिए ।

उनले ‘कुलिङ अफ पिरियड’बारे थप छलफल गर्नुपर्ने धारणा राखे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ३ : ०१ बजे