अछाम । बाख्रा चराउन जाने विषयमा विवाद भएका एक बालक सम्पर्कविहीन भएको तीन दिनपछि मृत फेला परेका छन् । मृत फेला पर्नेमा मंगलसेन नगरपालिका–१० वर्षीय आर्यन सोडारी रहेका स्थानीय भरत सोडारीले जानकारी दिए ।
सोमबार बिहान बाख्रा चराउन आफू जाने विषयमा माइलो भाइ एवान सोडारीसँग विवाद भएको र एवान नै बाख्रा चराउन गएपछि आर्यन सम्पर्क भएको वडा अध्यक्ष शिवबहादुर सोडारीले जानकारी दिए । बेलुकीसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा बुधबार गाउँ नजिककैको जंगलमा डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
परिवार र आफन्तले सोमबार बेलुकी देखि सोधखोज तीव्र रुपमा गरिरहेका थिए । वडा अध्यक्ष, परिवार र आफन्तले उक्त बालक हराएको भन्दै फेला पार्नुहुने व्यक्तिले खबर गरिदिन भन्दै सामाजिक सञ्जाल लगायतमा सूचना जारी गरेका थिए ।





