१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

प्रधानमन्त्री ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति सुसौलिथबीच भेटवार्ता



चीन । सांघाई सहयोग संगठन ९एससीओ० प्लसको शिखर सम्मेलनका क्रममा चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी गरिएको थियो । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, परराष्ट्रसचिव अमृतबहादुर राईलगायत अधिकारी सहभागी थिए ।

तियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र तथा सरकार प्रमुखले आज सम्बोधन गर्ने कार्यक्रम छ । रासस

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  १० : २५ बजे