सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका–७, लमना गाउँको जंगलमा बँदेललाई थापिएको पासोमा पाटेबाघ परेको छ ।
सोमबार (भदौ १६) बिहान करिब ११ः१० बजे उक्त पासोमा पाटेबाघ परेको भन्दै स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी नायब निरीक्षक मनीष गुरुङको कमान्डमा पाँचजनाको टोली घटनास्थलमा पुगेको छ । आफूहरूले वन कार्यालयसँग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्याललय सुर्खेतले जनाएको छ ।





