१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

भन्सार सम्बन्धी विधेयक प्रमाणीकरण



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

संघीय संसद्को दुवै सदनबाट पारित भई आएको उक्त विधेयक नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १० : १२ बजे