४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा कर्फ्यू



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यू क्षेत्र विस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यू लगाएको प्रशासनले पछि कर्फ्यू विस्तार गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यू लगाएको हो । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  २ : ०० बजे