२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

गृहमन्त्रीको प्रश्न– भोलि कुनै संस्थाले तिम्रो देशलाई मान्दैनौँ भने हामी के भन्छौँ ?



काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालमा काम गर्ने जुनसुकै संस्थाले यहाँको कानुन मान्नुपर्ने बताएका छन् । सोमबार ९भदौ २३० राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सामाजिक सञ्जाल निष्क्रियको विषय उठाइएपछि उनले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन मात्र सरकारले आग्रह गरेको उनले उल्लेख गरे । काम गर्न र चलाउन नदिने भन्ने सरकारको उद्देश्य नभएको उनले स्पष्ट पारे ।

नेपालमा सूचीकरण हुनू भन्दा पनि नमानेको उनले बताए । सरकारले आफ्नो देशभित्र कुन संस्थाले के काम गरिरहेको छ भन्ने थाहा पाउनुपर्ने उनले तर्क गरे । त्यसनिम्ति संस्थाहरू सूचीकरण गर्नुपर्ने उनको भनाइ छ ।

कुनै पनि संस्थाले देशको कानुन मान्दिनँ भन्न नपाउने उनले बताए । भविष्यमा कुनै संस्था आएर ‘तिम्रो देश मान्दैनौँ भन्यो भने हामी के भन्छौँ रु’ भन्ने उनले प्रश्न गरे ।

समिति बैठकमा गृहमन्त्री लेखकको भनाइ पढ्नोस्–
सामाजिक सञ्जालमा केही अवरोध भएको कारणले समस्या पैदा भएको छ । केही जटिलता भएको छ । त्यो मैले स्वीकार गर्छु । अब कतिपय मानिसहरू, सामाजिक सञ्जालका प्रयोगकर्ताहरू धेरै बढेका छन् । कतिपय विद्यार्थीले त्यसैबाट सिक्ने कुरा पनि छ । कतिपयको बिजनेस पनि छ । कतिपयको आफ्ना घरपरिवारका मान्छेसँग विदेशमा सम्पर्क गर्नुपर्ने कुरा छ । यी अप्ठ्याराहरू छन् । यो सत्य कुरा हो । तर, त्यसको अर्को पाटो पनि छ, जम्माजम्मी सरकारले सूचीकरण गर भनेको हो नि १ तँलाई दर्ता गर्दैनौँ, मेरो देशमा काम गर्न दिँदैनौँ, यहाँ तिमीले त्यो चलाउने व्यवस्था हुँदैन भन्ने हुँदै होइन, जम्माजम्मी सूचीकरण । मलाई लाग्छ, सूचीकरण भनेको के हो रु हामी सबै बुझ्छौँ । सूचीकरण भनेको त्यो संस्थालाई इनलिस्ट गर्ने हो । सरकारले मेरो देशमा यो यो संस्था काम गर्दै छ भनेर रिकग्नाइज गर्ने हो । त्यसका पनि केही आचारसंहिता होलान् । एउटा संस्थाले हाम्रो देशमा काम गरिराखेको छ, अनि यो देशमा त्यो संस्थासँग सम्बन्धित विषयमा सरकारले कसैलाई भन्नुपर्‍यो भने कसलाई भन्ने हो भन्ने मान्छे चिन्नु परेन रु अथवा, मेरो देशमा आएर काम गर्ने संस्थालाई सूचीकृत गर भनेर सरकारले भन्न पाउँदैन रु अनि, तेरो कानुन मान्दैन, तेरो संविधान मान्दैन, भोलि कुनै संस्था आएर तेरो देश मान्दैनौँ भन्यो भने हामी के भन्छौँ रु ठिकै छ, अब तँ नमाने नमान न, तँ ठूलो छस्, धेरै मान्छे तँसँग सम्बन्धित छन् । कसैका व्यापार चलेका छन्, कसैका पढाइ चलेका छन् । अब नेपाललाई नमानेर के भयो त भन्छौ हामी रु त्यही हो त मुलुक ?होइन होला नि ? ’

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  २ : २४ बजे