३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

गगन थापाले मागे प्रधानमन्त्रीको राजीनामा, कांग्रेस सरकारबाट बाहिरिने



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगत थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । त्यस्तै उनले कांग्रेस थप साक्षिको रुपमा अब सरकारमा बस्न नहुने बताएका छन् ।
उनले भनेका छन् –
रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।
अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।

पारेका छन्।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १० : १३ बजे