१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

अन्तरिम प्रधानाप्रधानमन्त्री कार्कीको पहिलो निर्णय-मृतकका परिवारलाई १० लाख दिने , घाइतेको निःशुल्क उपचार



काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार ९भदौ २९० पदभार ग्रहण गरेकी छन् । सिंहदबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा उनले पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहण गरेपछि प्रधानमन्त्री कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिन् ।

यस्तै, आन्दोलनका क्रममा घाइते भएकाका निःशुल्क उपचारको निर्णय गरिएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १२ : ०३ बजे