३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

शशांक कोइरालाको प्रश्न- मैले के गल्ती गरेको थिए मेरो घर जलाइयो



काठमाडौँ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफूले केही गल्ती नगरे पनि घर जलाएको बताएका छन्। नेता कोइरालाले आफु चार पटक चुनाव जितेपनि एक पटक पनि मन्त्री नभएको ब्यक्तिको किन आगजनी गरियो भन्ने प्रश्न गरेका छन् ।

भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा कोइरालाको घरमा आगजनी भएको थियो।

‘जेनजी कुन शक्ति हो पहिले त्यो ठम्याउनुपर्‍यो। उनीहरूले भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन गर्ने भनेका थिए,’ उनले भने, ‘तर मैले के गल्ती गरेको थिएँ मलाई थाहा छैन, मेरो घर पनि जल्यो।’
उनले वास्तविक जेनजी को हो रु भनेर ठम्याउनुपर्ने वेला भएको उनको भनाइ छ । उनले जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १० : ०३ बजे