१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

कसैले पनि मन्त्री नभन्नु, साह्रै रहर भए ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु – पुन



काठमाडौं । नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा गर्न सकिने कामको सुझाव माग गरेका छन् । उनले सामाजिक सञ्जालमा पाँच महिनाभित्र गर्न सकिने काम र ‘आइडिया’बारे उनले सुझाव मागेका हुन् ।

उनले आफूलाई बधाई दिन खादा र माला लिएर नआउन पनि आग्रह गरेका छन् । शिक्षा मन्त्री नभन्न आग्रह गदै उनले भनेका छन्, “मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला ।”

“कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला,” उनले फेसबुकमा लेखेका छन्, “बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला ।”

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ११ : १६ बजे