जनकपुर । मधेस सरकारबाट कांग्रेस बाहिरिएको छ । प्रदेश राजधानी जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
मुख्यमन्त्री शतिस सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए ।
उनका अनुसार दलको बैठकमा सांसदहरूले सरकारमा नबस्न सुझाव दिए बमोजिम बैठकले निर्णय गरेको हो । कांग्रेसका मन्त्रीहरूलाई आजै फिर्ता बोलाउने तयारी भइरहेको उनले बताए ।





