काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले सरकारले नेताहरुको पासपोर्ट रोक्का गर्न लागेको भन्ने विषयमा टिप्पणी गर्दै देश छाडेर नभाग्ने बताएका हुन्। ओलीले आफूहरूको पासपोर्ट रोक्का गर्न लागेको भनेर सरकारले हल्ला चलाएको बताए । “अहिले विभिन्न प्रकारका हल्ला चलाएको सुन्छु । पासपोर्ट रोक्ने । के ठानेको छ रु यो हा हु को सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ ?के सोच्या ? हामीले यो देश बनाउनुपर्नेछ,” उनले भने ।
ओलीले देशलाई संवैधानिक मुलधारमा ल्याउने बताए ।





