२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फका उडान स्थगन



काठमाडौं । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टाका लागि बन्द गरिएको छ । मौसम खराबीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता जेनजी शेर्पाले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको जनाएको छ ।
गएराति सामान्य वर्षा भएकोमा बिहानदेखि वर्षा बढ्दै गएको छ । महाशाखाले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ । यता काठमाडौँ भित्रने राजमार्गहरुमा समेत बन्द गरिएको छ । वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले चेकपोष्टबाट काठमाडौँ बाहिरएका गाडीलाई रोक लगाएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १० : ५३ बजे