काठमाडौं । नेपाली कांग्रेसको बैठक पार्टी कार्यालयमानै बस्ने भएको छ । आजको लागि तय भएको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्ने भएको हो । यसअघि ललितपुरको होटेल हिमालयमा बस्ने बैठक दिउँसो १ बजेका लागि तय भएको थियो ।
बैठकमा समसामयिक राजनीतिक विषय, असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचिलगायत विषयसमेतमा छलफल हुने तय भएको छ । आजको बैठकको अध्यक्षता भने उप-सभापति पुर्णबहादुर खड्काले गर्ने बताईएको छ ।
२३ आश्विन २०८२, बिहिबार
28
Shares





