काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान कार्यसमितिको म्याद कुनै पनि हालतमा थप्न नहुने बताएका छन् । जेनजी आन्दोलनको मूल सन्देश स्थापित नेतृत्व बदल्ने भएको भन्दै कांग्रेसको नियमित अवधि नै सकिएको कार्यसमितिको म्याद थप नहुने उनले बताए । जेनजी आन्दोलनको मूल सन्देश भनेको स्थापित नेतृत्वलाई हटाउने हो, अन्य पार्टीमा म्याद हुँदाहुँदै पनि नेतृत्व परिवर्तनको बहस भइरहेको छ,थापाले भने, हाम्रो पार्टीमा केन्द्रीय समितिको नियमित कार्यकाल सकिसकेको छ । त्यसैले यो कार्यसमितिको म्याद कुनै पनि हालतमा थप हुँदैन, सभापति देउवाको मात्र होइन, म आफै महामन्त्री गगन थापाको पनि म्याद थप नहुने कुरा हो यो।’
महामन्त्री थापाले आफूले म्याद थपको प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत नगर्ने बताए । उनले सदस्यता विवरण अध्यावधिक गर्ने विषयमा मन्त्रीको कमजोरी भएको भन्दै बैठकमा प्रश्न उठाएको पनि जानकारी दिए ।
२३ आश्विन २०८२, बिहिबार
28
Shares





