१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (असोज २४) पनि बस्दै छ । बिहीबार ९असोज २३०देखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक, पार्टीको नियमितरविशेष महाधिवेशन, संसद् पुनर्स्थापनालगायत विषयमा छलफल गरिनेछ । बैठक आज सकाउने तयारी छ ।

पार्टी सभापति शेरबहादुर देउवा ‘जेनजी’ आन्दोलनका क्रममा आक्रमणबाट घाइते भएसँगै बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । कार्यवाहक सभापति तोक्ने विषयमा पनि बैठकमा छलफल गरिएको छ । बिहिबार पार्टी बैैठकपछि बोल्दै महामन्त्री गगन थापाले हालको कार्यसमितिको समयअवधि नथप्ने बताएका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : ४६ बजे