२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

डलरको भाउ घटेसँगै सुनको मुल्य एकैदिन तोलामा ४२ सय रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन ४२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ६० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ११ : ४६ बजे