१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कांग्रेस केन्द्रीय समिति बैठक २ दिन पछि सारियो



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक २ दिन पछि सरेको छ । असोज २६ का लागि बोलाइएको बैठक दुई दिन पर सारेर २८ असोजमा बोलाइएको हो ।
कार्यसम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठकको मिति सारिएको बताइएको छ ।

समितिमा पेश गर्ने एजेण्डा बारे निर्णय लिन आइतबार पनि कार्यसम्पादन समितिको बैठक बस्नेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ७ : २६ बजे