१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

नेवि संघको एक समुहले बालेन र सुदन गुरूङविरूद्ध दिए जाहेरी



काठमाडौँ । नेपाल विद्यार्थी संघको एउटा समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध जाहेरी दिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा विद्यार्थीलाई विद्यालय(क्याम्पसका पोशाकमै बोलाएर मानव ढाल बनाएको र राष्ट्रिय सम्पदा तथा सरकारी र निजी घर आगजनी गरेको भन्दै त्यसमा नेतृत्वदायी भूमिकामा मेयर बालेन र हामी नेपालका संस्थापक सुदन रहेको भन्दै नेविसंघको यो समूहले जाहेरी दिएको हो।

मेयर बालेन र हामी नेपालका संस्थापन सुदनविरूद्ध जाहेरी लिएर नेविसंघका मनिषजंग थापा, अशोक सिंह बिष्ट र विजय शाहले जिल्ला प्रहरी परिसर ललितपुर पुगेका थिए। यस अघि अनेरास्वबियुले पनि शाह र गुरुङ बिरुद्ध जाहेरी दिएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : १९ बजे