काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन् । सोमबार ९असोज २७० साँझ सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो आह्वान गरेका हुन् ।
नागरिकले उठाउँदै आएका प्रकरणका फाइल खुल्छन् त रु भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले मन्त्री आफैँले उजुरी हाल्दै हिँड्न नमिल्ने बताए । पीडितले उजुरी दिए प्रक्रिया अघि बढाइने उनले उल्लेख गरे । लिखित रूपमा उजुरी राज्यसंयन्त्रमा आए त्यसविरुद्ध प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
भइरहेका कानुन कार्यान्वयन हुने र कसैले त्यसमा हस्तक्षेप नगर्ने उनले जिकिर गरे । कुनै पूर्वाग्रह राखेर नभई कानुन, प्रमण, उजुरी हेरेर राज्यसंयन्त्रले काम गर्ने उनले बताए ।





