२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुनको मूल्य आज पनि बढेर नँया रेकर्ड !



काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु.चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो मङ्गलबार सुन प्रतितोला रु.दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु। तीन हजार ३२५ मा किनबेच भएको थियो । रासस

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : ०७ बजे