४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

‘फूल नबिक्ला भन्ने ठूलो चिन्ता थियो, हट्यो’



तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ।

यहाँका चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार एकैदिन ४६८ किलो सयपत्री फूल बिक्री गरेका हुन्।

पोखराको व्यापारीलाई तीन सयका दरले फूल बिक्री गरिएको समूहका सचिव महेन्द्रराज रानाले जानकारी दिए।

दुई ठाउँमा गरी ६ रोपनी क्षेत्रफलमा पहिलो वर्ष सयपत्री फूल लगाएका थियौं। एक ठाउँबाट एक सय ६८ र अर्को ठाउँबाट तीन सय ६८ किलो फूल बिक्री भएको छ,उनले भने।

पहिलो वर्ष फूलखेती गरेका किसान बजार पाएपछि खुसी छन्।

अझै पनि फूलको माग आइरहेको तर आफूहरूसँग फूल नरहेको उनले बताए।

ुपहिलो वर्षमै उत्पादन भएका सबै फूल बिक्री हुँदा खुसी छौँ । बजार पाउँदैन कि भन्ने चिन्ता हट्यो,ु उनले भने।

फुटकर रूपमा फूलको माग आए पनि फूल दिन सक्ने अवस्था नरहेको उनले बताए।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ११ : ०२ बजे