२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

प्रचण्डले भने – कसैसँग एकीकरणको टुंगो भइसकेको छैन



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले अहिले नै कुनै शक्तिसँग एकताको टुंगोमा नपुगेको बताएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकले समाजवादी मोर्चामा आबद्ध वामपन्थी र प्रगतिशील समूहहरूसँग एकता गर्ने विषयमा छलफल गरिरहेको अवस्थामा अहिले नै कसैसँग एकताको टुंगो भइनसकेको उनको सचिवालयले शुक्रबार जनाएको हो।
प्रचण्ड सचिवालयमार्फत् भनेका छन्, ‘नेपाली समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न एकता र संयुक्त मोर्चा निर्माण अपरिहार्य रहेको छ । यद्यपि अहिले नै कुनै दलसँग एकता गर्ने वा अन्य वैचारिक–सांगीतिक निर्णय अहिले टुंगोमा पुगेको छैन।’
उता माओवादी केन्द्रमै पनि उपमहासचिव जनार्दन शर्मा प्रभाकरको समूह समाजवादीसँग एकतालाई लिएर तीव्र असन्तुष्ट छ । यदि प्रचण्डले नेपालसँग एकता गरे माओवादी छाड्ने तहसम्मको दिशामा यो समूह छलफलमा छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : २८ बजे