झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । उक्त अवधिमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको कार्यालयले जनाएको छ ।
तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१र८२ को सोही अवधिमा एक अर्ब सात करोड २२ लाख रुपैयाँबराबरको अलैँची निर्यात भएको उनले बताए ।
कार्यालयको तथ्यांकानुसार, चालु आवको तीन महिनामा चियाको निर्यात ४०।९० प्रतिशतले घटेको छ । उक्त अवधिमा एक अर्ब एक करोड २१ लाख ८६ हजार मूल्यबराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१र८२ को सोही अवधिमा एक अर्ब ७१ करोड ४० लाख ३१ हजारबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।
कार्यालयको तथ्यांकानुसार, निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट १२६ प्रतिशत, छुर्पी ६१।८०, प्लाइउड शतप्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ७१।४०, धातुका अरू अवशेष शतप्रतिशत, मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ ।
अदुवा ३२।३० र अम्रिसो निर्यातमा २४ प्रतिशतले कमी आएको छ ।
मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा चार अर्ब ८० करोड ३९ लाख २४ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ । रासस





