४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

सुनको मूल्य तोलामा १४ सय रुपयाँले घट्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३८ हजार ३०० रुपैयाँ कायम छ । सोमबार ९कात्तिक १७० छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ११ : ०७ बजे