१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

कन्या गुरुकुललाई आवश्यक स्रोत साधन गण्डकी प्रदेशबाट उपलब्ध गराउँछौ : प्रदेश प्रमुख गुरुङ



काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ ले गार्गाी कन्या गुरुकुलको सञ्चालनमा गण्डकी प्रदेशले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नेपालको पहिलो समावेशी गार्गी कन्या गुरुकुलको सहयोगार्थ काठमाडौमा सञ्चालन भइरहेको महायज्ञका सहभागी हुन पुगेका प्रदेश प्रमुख गुरुङले गुरुकुल सञ्चालनको लागि आगामी दिनमा प्रदेशले आवश्यक स्रोत र साधन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । कन्याहरुलाई शाष्त्रिय रुपमा बिज्ञ बनाउने अभियानमा लागेकोमा गुरुकुललाई धन्यवाद दिदैँ समावेसिकता र आधुनितालाई आत्मसाथ गरेको भन्दै गुरुकुलको प्रशंम्सा समेत गरे ।

यसैबिच महायज्ञको आज अन्तिम दिनमा ५५ लाख भन्दा बढि संकलन भएको छ । महायज्ञको आठौँ दिन आज मात्र ५५ लाख भन्दा बढि संकलन भएका आयोजकले जनाएको छ । गुरुकुललाई दिगोरूपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठानले काठमाडौँमा श्रीमद् भागवत महापुराण गरेको हो । ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : १३ बजे