काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।





