१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

गार्गी कन्या गुरुकुल संरक्षणमा राज्यले ओनरसिप लिनेछ : आयोजक समिति



काठमाडौँ ।नेपालको पहिलो समावेशी गार्गी कन्या गुरुकुलको सहयोगार्थ काठमाडौँमा सञ्चालन भइरहेको महायज्ञको समापन गरिएको छ । गुरुकुल सञ्चालनमा दीगो आर्थिक स्रोत जुटाउन फाुगन १ देखि आजसम्म उक्त महायज्ञको आयोजना गरिएको थियो । नौ दिनसम्म चलेको श्रीमद्भागवतमहापुराण सप्ताह ज्ञान महायज्ञबाट रु एक करोड ७५ लाखभन्दा बढी रकम संकलन भएको आयोजकले जनाएको छ । निजि तथा संस्थागत रुपमा संकलन भएको उक्त रकमले आगामी दिनमा गुरुकुललाई सञ्चालन गर्न सहज हुने गार्गी कन्या गुरुकुल प्रतिष्ठानका अध्यक्ष शान्त प्रसाद पोखरेलले बताए । उनले भने, महायज्ञमा राज्यका निकायहरुको सहभागिता भयो । गार्गी गुरुकुलबारे बुझाउने मौका पनि मिल्यो, प्रदेशबाट सहयोगको प्रतिवद्धता पनि आएको छ । हामी यसबाट हौँसिएका छौँ । आगामी दिनमा थप शशक्त भएर लाग्ने अभियानमा जुट्नेछौँ ।”

महायज्ञमा गार्गी गुरुकुलका प्रमुख संरक्षक तथा संस्थापक सदस्य भगवती उपाध्यायले २५ लाख राशी सहयोग गरेको आयोजकले बताएको छ । वेद र संस्कृति बचाउँन अभियानले निरन्तरता पाओस् भन्ने हेतुले सहयोग गरेको प्रमुख संरक्षक उपाध्यायले बताइन् । उनले भने, ”वेद र संस्कृति लोप हुँदै जाने एतातिर भय छ भने अर्कोतिर महिलाहरुले वेद पढ्न हुँदैन भन्ने परम्परागत मान्यता छ । अब कन्याहरु पनि वेद अध्ययन गर्छन् समाजमा जागरण ल्याउन सक्छन् भन्ने परिकल्पना गार्गी समावेसी गुरुकुल सञ्चालन भयो । अब यसलाई थप शशक्त बनाउनुपर्नेछ । उनले गार्गी गुरुकुललाई शात्री र आचार्य तहसम्म अध्यापन गराउन र गुरुकुलको स्तरउन्नति गर्ने अभियानमा निरन्तर लाग्ने बताइन् ।”

गार्गी गुरुकुलको लागि पशुपति क्षेत्र बिकास कोषका निर्वतमान सदस्य सचिव तथा गार्गी महायज्ञ आयोजक समितिका संयोजक डा.गोविन्द टण्डनले पाँच लाख सहयोग गरेको थिए । महायज्ञले गार्गी कन्या गुरुकुलको संरक्षणमा राज्यको ध्यान गएको टण्डनले बताए । राज्यको निकायहरुको सहभागिताले गुरुकुलहरुको अपनत्व लिन महायज्ञ कोशेढुंगा बन्ने बिश्वास समेत ब्क्त गरे । उनले भने, “गुरुकुलबारे एउटा चेतना फैलिएको छ । सबै जातजातका कन्याहरुले गार्गीमा अध्ययन गरिरहेका छन् । भावी दिनमा गार्गीलाई थप ब्यवस्थित गर्दै लैजानुपर्ने छ । आचार्य तहसम्मको अध्यापन गराउन अब राज्यले ध्यान दिनुपर्दछ, गुरुकुलको संरक्षणमा राज्यले ओनरसिप लिनेछ ।”
त्यस्तै महायज्ञमा पुर्णिमा उपाध्ययले ११ लाख सहयोगमा गरेको आयोजकले बताएको छ । संस्थागततर्फ भरतपुर महानगरपालिकाले १० लाख, बाग्मती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले ५ लाख, मैयादेवी टष्टले पाँच लाख, तारा गाँउ बिकास समिति होटल ह्यातले ७ लाख ५० हजार सहयोग गरेको थियो । त्यस्तैगरी बाग्मती प्रदेशले आगामी आर्थिक बर्षमा गार्गी गुरुकुलको आवासको ब्यवस्थापनको लागि ४५ लाख सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको प्रतिष्ठानका अध्यक्ष पोखरेलले बताए । महायज्ञमा ज्वती जोशी शेरचनले १० बर्षसम्म बार्षिक १ लाख १२ हजार दिने घोषणा गरे । महायज्ञमा भागवत वाचक पण्डित कुबेर सुवेदीले भागवत कथा वाचन गरेका थिए । कन्या गुरुकुललाई स्थापित गराउन अक्षयकोष स्थापना गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गरिएको हो ।

गुरुकुलमा निःशुल्क आवासीय सुविधासहित ८० कन्या पाँचदेखि ११ कक्षासम्म अध्ययनरत छन् । प्रसिद्ध विदूषी स्वर्गीय अङ्गुरबाबा जोशीको सदिच्छाअनुसार काठमाडौँमा विसं २०६७ देखि गार्गी कन्या गुरुकुलको स्थापना गरिएको हो । विसं २०७५ देखि भरतपुर–देवघाट धाम चितवनमा गार्गी कन्या गुरुकुल सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ९ : ४० बजे