३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनिसमुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी प्रस्टाक्ति दिएकी छन् ।

सामाजिक सञ्जाल (फेसबुक) मार्फत लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीकाटिप्पणीका सन्दर्भमा प्रधानमन्त्री कार्कीले भनिन्, “कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन ।”

प्रधानमन्त्री कार्कीले विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध गरिन् ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १२ : १९ बजे