१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

आज बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका निणार्याथ पेस गर्ने तयारी



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा गर्ने सहमति भएसँगै बैठक बस्ने भएको हो ।
आज बस्ने केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्नेछन् ।
आइतबार कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट पार्टी सभापतिको आग्रह बमोजिम कार्यतालिका प्रस्ताव तयार पारेका छन् ।
कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभएर निर्णयार्थ पेस हुने बताइएको छ । यसैबीच नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षमा रहेका र वैशाखमा महाधिवेशन हुनुपर्ने अडानमा रहेका नेतालाई छलफलमा बोलाएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १० : ४२ बजे