काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदी पनि बढेको छ । अघिल्लो दिन ३ हजार ४९० रुपैयाँमा किनबेच भएको चाँदी यस दिन प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
१५ मंसिर २०८२, सोमबार
28
Shares





