काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम छ । सोमबार (मंसिर १५) छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
१६ मंसिर २०८२, मंगलबार
28
Shares





