२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

तपाई बेरोजगार हुनुहन्छ ?



काठमाडौं । तपाई बेरोजगार हुनुहन्छ ? हो भने तपाईको लागि अबसर बन्न सक्छ नेपाली सेना । शुक्रबार नेपाली सेनामा तीन सय ८८ जनाका लागि रोजगारी खुलेको छ ।

नेपाली सेनाले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै रोजगारी खुलेको बताएको हो ।

सेनामा रिक्त रहेका प्राविधिकरहवाईरविविध सेवा तर्फका पदिक तथा बिल्लादार पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको छ ।

सूचनाअनुसार खुल्लातर्फ २०५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका सात जना माग गरिएको छ ।

मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका आवेदकले आवेदन दिन पाउनेछन् ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १० : ५३ बजे