३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित



मुस्ताङ। हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा(जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन्।

नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्डयन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो ।

प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने बताउनुभयो । तारा एयरलाइन्स मुस्ताङका स्टेसन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखरा(जोमसोम उडान स्थगित गरेको बताउनुभयो । त्यसै गरी समिट एयरलाईन्स कम्पनीले नियमित उडान दुई महिनाका लागि स्थगित गरेको जनाएको छ ।

हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा(जोमसोम उडान प्रभावित हुने गर्छ ।

पछिल्लो समय बेनी(जोमसोम(कोरला सडक सहज हुँदै जान थालेपछि हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  १२ : ३६ बजे