३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज छलफल गर्न लागेका छन्।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूलाई सहभागी गराएर संयुक्त बैठक बोलाउनुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ४ बजे हुने बताइएको छ ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल भएको थियो । उक्त छलफललाई पछिल्ला राजनीतिक संवादहरूको निरन्तरताका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ११ : ३५ बजे