२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

नागरिकको अपेक्षालाई स्वरमा उतार्दै ‘सुम्पिदिऊँ देश अब’ गीत सार्वजनिक



काठमाडौँ- पछिल्लो समयको राजनीतिक असन्तुष्टि, वैकल्पिक नेतृत्वको खोज र नागरिकको अपेक्षालाई स्वरमा उतार्दै ‘रास्वपालाई सुम्पिदिऊँ देश अब’ शीर्षकको नयाँ गीत सार्वजनिक गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रित भाव र समसामयिक राजनीतिक गतिविधिलाई समेटिएको यो गीत रञ्जना अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा ओमप्रसाद प्रसाईं र रञ्जना भुजेलको स्वर रहेको छ। बाल स्वरका रूपमा प्रगति सुब्बा, चेतना प्रसाईं र निशान प्रसाईंले गीतलाई अझ प्रभावशाली बनाएका छन्। गीतका शब्द रञ्जना भुजेलले लेखेकी हुन् भने संगीत ओमप्रसाद प्रसाईंको रहेको छ। एरेन्ज रामकृष्ण थापाले गरेका छन्।
रेकर्डिङ विनोद महताराले गरेका हुन् भने मिक्सिङ–मास्टरिङ नरेन्द्र बियोगीको रहेको छ। गीत वेभ (वेभ) स्टुडियोमा रेकर्ड गरिएको हो। भिडियो पक्षमा क्यामेरामा अविनाश श्रेष्ठ, सम्पादन तथा कलरमा प्रगति सुब्बा रहेका छन्। पोस्ट–प्रोडक्सन अविनावन मिडिया, न्यूरोड, काठमाडौँले गरेको छ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  २ : ४८ बजे