३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

प्रहार भएको खोया देखाउँदै रवि भन्छन् – यसलाई घरमा झुन्ड्याएर राख्छु

ममाथि नयाँ प्रहार सुरु भयो : रवि लामिछाने



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ। पोखराको अमरसिंह चौरस्थित खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दर्शकदीर्घाबाट लामिछानेमाथि खोया प्रहार भएको थियो।

सो प्रहारपछि सभालाई सम्बोधन गर्दै लामिछानेले यो घटनाबाट प्रतिशोध नभई शिक्षा लिएको बताएका छन्।

‘म यो मकैको घोघा ९खोया०लाई आफ्नो घरमा झुन्ड्याएर राख्नेछु। प्रतिशोध लिएर होइन, शिक्षा लिएर। नेपाली जनताले कत्रो अपेक्षा गरेका छन् हेर। यदी तैँले बाटो बिराइस भने आज त घोघा पाइस् तैँले, यदी तैंले बाटो बिराइस् भने कल्पना गर के मात्र पाउँछस् भनेर मलाई चेतावनी दिइएको हो,’ सभापति लामिछानेले भने, ‘मैले यसलाई सकारात्मक रुपमा लिएको छु। मैले यसलाई मेरो सपना पूरा नहुने बेलासम्म जोगाएर राख्नेछु। कुहिन दिन्नँ, झर्न दिन्नँ।’

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ११ : ०२ बजे