काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे बीपी स्मृति भवन सानेपामा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।
बैठकमा पार्टीको आशन्न महाधिवेशन, विशेष कि नियमित महाधिवेशनलगायत समसामयिक विषयमा छलफल हुनेछ । कांग्रेसभित्र विशेष कि नियमित महाधिवेशन भन्ने विषयलाई लिएर तीव्र विवाद छ । यता महामन्त्री गगन थापाले भने बिशेष महाधिबेशन हुने बताइएका छन् ।





