१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

पाथीभरा क्षेत्रमा हिमपात



फुङ्लिङ । ताप्लेजुङस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा यसवर्ष दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मंसिर ६ गते हिमपात भएको थियो ।

हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मंसिरदेखि नै हिमपात हुने गर्दथ्यो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार, शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।

पाथीभरामा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ । यसले वर्षा र हिमपातमा समेत पाथीभरा धामसम्म पुग्नका लागि तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : ०४ बजे