१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी निर्वाचनका लागि उम्मेदवारहरूको मापदण्ड तय गर्न र अन्य राजनीतिक दलहरूसँगको चुनावी तालमेलबारे ठोस निर्णय लिन यो बैठक बोलाइएको हो।

आजको बैठकमा आफ्ना उम्मेदवारहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने र जितको आधार तय गर्न कुन–कुन शक्तिसँग सहकार्य गर्ने भन्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ११ : ३७ बजे