१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालयमा बस्दै



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठक आज दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको हो ।

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिको पहिलो पटक पार्टी केन्द्रय कार्यालयमा बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ११ : ३७ बजे