१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

एकैदिन तोलामा साढे २० हजारले घट्यो सुन



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (माघ १६) तोलामा साढे २० हजार रुपैयाँले घटेको हो ।

बिहीबार (माघ १५)सुनको मूल्य तोलामा साढे २० हजारले नै बढेर रेकर्ड बनाएको थियो ।

यस दिनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ११ : ४० बजे