१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

बजारबाट ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक



काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले ५२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

निक्षेप संकलनको बोलकबोल आइतबार ९माघ १८ गते० हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसको साँवा र ब्याज भुक्तानी भने आगामी चैत ११ गते हुने बताइएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ११ : ४६ बजे