२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अनुकूल नभए हिमाली जिल्लामा दोश्रो चरणमा निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की



नवलपरासी -प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली क्षेत्रमा दोश्रो चरणमा निर्वाचन गराउने बताएकी छन् ।

नवलपरासीको कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएर फर्कने क्रममा प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउने जानकारी दिए ।

कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताए ।

अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले नै प्रवेश नपाएकाले ढुक्कका साथ आगामी फागुन २१ गतेको निर्वाचनमा जुट्न उनले आग्रह गरे ।

समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशातर्फ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले

उनले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

विशेष परिस्थितमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आइपरे पनि समाधान गरेर निर्वाचन गराइने प्रधानमन्त्री कार्कीले बताए ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ५ : ०० बजे